नेकपा एमाले शैलुङ गाउँपालिका वडा नं. २, भुसाफेदा काठमाडौँ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न भएको छ। नेकपा एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरूङको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो।
काठमाडौँ जोरपाटीमा सम्पन्न सम्मेलनले नारायण लामाको अध्यक्षतामा १७ सदस्यिय कमिटी चयन गरिएको छ। कमिटीमा चयन हुनेहरूमा उपाध्यक्षद्वय राजेश विश्वकर्म र शर्मिला तामाङ, सचिव अन्मोल घिसिङ, उपसचिव विजय घिसिङ, कोषाध्यक्ष छिरिङडोल्मा योन्जन, सदस्यहरूमा सम्शेर घिसिङ, नबरज गदल, सनिप तामाङ, चेतबहादुर तामाङ, अबिरल घिसिङ, सोनाम घिसिङ, रामबहादुर तामाङ, हिर तामाङ, चेतबहादुर श्रेष्ठ, लालबहादुर विक र फुर्बा तामाङ रहेका छन्।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1