धुलिखेलमा समाचार लेखन, सम्पादन र चलचित्र एप्रिसियसन कार्यशाला सम्पन्न

मनु ठकुरी संवाददाता
21 Shares
धुलिखेल

स्थानीय युवाहरूको पत्रकारिता क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको समाचार लेखन, सम्पादन र चलचित्र एप्रिसियसन कार्यशाला सम्पन्न भएको छ ।

बागमती प्रदेश सञ्चार राजिष्टार कार्यालयद्वारा आयोजना गरिएको कार्याशाला फागुन २० गतेबाट सुरु भइ फागुन २४ गते सम्पन्न भएको हो ।

कार्यशालामा समाचार लेखनका बारे‚ समाचारको संरचना, सम्पादनका तरिका, साथै चलचित्र एप्रिसियसनका विभिन्न पक्षहरूबारे विस्तृत प्रशिक्षण दिइएको थियो ।

यस कार्यशालामा प्रशिक्षक सुरेन्द्र पाण्डे र विनोद ढुङ्गेलले प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरूले सहभागीहरूलाई व्यावहारिक ज्ञान दिनका साथै लेखन शैली समेत गरिएको थियो ।

तालिममा दृष्टिबिहीन व्यक्तिसहित २३ जना पत्रकारहरूको सहभागिता रहेको छ ।

कार्यक्रमको समापनलाई सम्बोधन गर्दै संचार रजिष्टार रेवती सापकोटाले यो एक हप्ते तालिमम प्रभावकारी भएको औंल्याए । उनले भने‚‘तालिमले पत्रकारहरुको क्षमतामा वृद्वि र सीप विकासमा योगदान भएको छ ।’

कार्यक्रमको अन्त्यमा प्रतिभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका