र्‍यापर जेम्सी क्रोएसिया आउँने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
497 Shares
जाग्रेब, क्रोएसिया

नेपाली र्यापर नोबल बस्नेत उर्फ जेम्सी क्रोएसिया आउने भएको छ। उनी अप्रिल २७ तारिका क्रोएसियामा आयोजना हुने एक कन्सर्टमा प्रस्तुति दिनेछिन् ।

यो कार्यक्रम क्रोएसियाको जाग्रेबस्थित थोमस बार र सगरमाथा होस्टेलले संयुक्त रूपमा आयोजना गर्न लागेको हो। जेम्सीसँगै यस कन्सर्टमा युकेबाट डिजे स्काजी प्रस्तुति दिन आउने छन् ।

कन्सर्टमा म्यानेजर बुद्ध लामाका अनुसार, क्रोएसियामा विभिन्न कलाकारहरूलाई ल्याएर कार्यक्रम गरिए पनि र्यापर जेम्सीलाई पहिलो पटक ल्याउन लागिएको हो । उनले यसअघि रक स्टार भनेर चिनिने सविन राईले युरोप भ्रमणका क्रममा क्रोएसिया आएको उल्लेख गरे। कार्यक्रममा डीओपी (DOP) ब्याण्ड र स्थानीय कलाकारहरुले समेत प्रस्तुति रहने म्यानेजर लामाको भनाइ छ ।

थोमस बारकी संचालक रेजिना राईले नेपालीहरुको अनुरोधमा यो कन्सर्ट आयोजना गर्न लागिएको बताइन्। उनले भनिन्, “कन्सर्ट व्यावसायिक फाइदा भन्दा पनि जंकाभेटको लागि हो। क्रोएसियामा रहेका नेपालीहरुले एकदिन भएपनि थकानलाई भुल्नु हुनेछ।”

क्रोएसिया सेन्जेन भएपछि यसअघि राजु लामा, इन्द्रीरा जोशी, प्रकाश दुतराज, रामबाबु योन्जन, पुष्प वाइबा, कुन्साङ वाइबा, प्रदीप लामा र सोनाम शेर्पा लगायत कलाकारहरूलाई ल्याएर सांगीतिक कार्यक्रमहरु आयोजना गरिसकेका छन्। पछिल्लोपटक क्रोएसियामा नेपाली कामदारहरु बढेपछि सांगीतिक कार्यक्रम र नेपाली चलचित्रहरु देखाउदै आएका छन्।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका