“व्यवसायीक एकता हाम्रो प्रतिबद्धता, पर्यटन प्रवर्द्धनमा निरन्तर सक्रियता” भन्ने नाराका साथ फागुन २४ गते सदरमुकाम धुन्चेमा सम्पन्न होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाको तेस्रो अधिवेशनबाट विशाल घले निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन्।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा फुर्पु सिङगी तामाङ, उपाध्यक्षमा घनकुमारी तामाङ र रिन्जेन निमा तामाङ, सचिवमा सञ्जीव उप्रेती, सह-सचिवमा छोवाङ नुर्पु तामाङ र कोषाध्यक्षमा बुद्ध लक्ष्मी तामाङ चयन भएका छन्।
यसै गरी सदस्यमा दावा तामाङ, छोमो याङजेन तामाङ, लक्षिन छोवाङ लामा, छविलाल पौडेल, छेतेन, ग्याल्पो तामाङ र वाङसिङगी घले रहेका छन्।
१३ सदस्यीय टिमले सिङ्गो पर्यटन, होटल तथा पर्यटन व्यवसायीहरूको हक हितको विषयमा वकालत गर्नेछ। सङ्घले पर्यटन क्षेत्रमा निरन्तर सक्रियता बढाउने र व्यवसायीहरूको एकतालाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।