रसुवामा पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
301 Shares
धुन्चे, रसुवा

रसुवा जिल्लामा पहिलो पटक आयोजना गरिएको जिल्ला स्तरीय पुरुष युगल ब्याडमिन्टन प्रतियोगिताको उपाधि गाउँपालिकाका कुमार डङ्गोल र उपेन्द्र लामिछानेले हात पारेका छन्। यस प्रतियोगिताको आयोजना रसुवा ब्याडमिन्टन सङ्घले गरेको थियो।

प्रतियोगिता ३ दिनसम्म चलेको थियो र जिल्लाभरका खेलाडीहरूले सहभागिता जनाएका थिए। यो प्रतियोगिता फागुन २४ देखि २६ गतेसम्म रसुवा सदरमुकाम नजिकै रहेको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा आयोजना गरिएको थियो।

प्रतियोगितामा नेपाल पुलिसका आभास तामाङ र राना मगरले दोस्रो स्थान हात पारे भने तेस्रो स्थानमा नीराजन श्रेष्ठ, बुद्धवीर लामा, शिवोपक्त तामाङ र भरत खड्का रहेका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ साथै ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो। यसका साथै १०/१० हजार रुपैयाँ पनि प्रदान गरिएको थियो। यस प्रतियोगितामा ३१ टिमले सहभागिता जनाएका थिए।

यसै अवसरमा सर्वोत्कृष्ट वेस्ट सटर तेम्पा जिएल र उत्कृष्ट खेलाडी हर्ष राज गुरुङलाई सम्मानित गरिएको थियो।

रसुवा ब्याडमिन्टन सङ्घका अध्यक्ष लक्ष्मण तितुङले यो प्रतियोगिताको मुख्य उद्देश्य जिल्लाको आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गर्नु, युवाहरूलाई एकत्रित गरी विकास निर्माणमा संलग्न गराउनु र समाजका विभिन्न पक्षहरूको सकारात्मक विकासमा अग्रसर हुनु रहेको बताए। उनले यस प्रतियोगिताको माध्यमबाट जिल्लामा आपसी सद्भाव बढाउने र जिल्लाको पहिचान बढाउने प्रयास गरिएको पनि जानकारी दिए।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका