सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौँ

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला एक लाख ७० हजार चार सय रुपैयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६९ हजार नौ सय रुपैयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, आज एक तोला चाँदी एक हजार नौ सय ७० रुपैयामा किनबेच हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका