मन परेको मान्छेलाई सुनको जन्तर किनिदिन्छु भन्ने मनको भावना पोख्ने कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘सुनको जन्तर’ नाम दिइएको भिडियोमा गायक मन्सिङ तामाङ र बिशान पाख्रिनको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको शब्द र सङ्गीत गायक तथा निर्देशक रोशन फ्युवा तामाङले गरेका हुन् ।
म्युजिक भिडियोमा प्रतीक ङेसुर, रन्जिता तामाङ र बुद्धि तामाङ अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी प्रतीक ङेसुरले गरेको छ भने सङ्गीत संयोजन जोगलाल लामाले गरेको छ । भिडियोको निर्देशन रोशन फ्युवा तामाङले गरेका हुन् । म्युजिक भिडियोमा गायकरगायिकाको सङ्गीत र सृजनात्मकतासँगै रसुवाको आमाछोदिङ्मो परिवेशको हिमाली दृश्यात्मक सौन्दर्य र आकर्षक सेटिङ्ले यो गीतलाई थप रोचक बनाएको छ।
सार्वजनिक भएको म्युजिक भिडियोको दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ र यद्यपि यो गीतले सङ्गीत प्रेमीहरूलाई एक नयाँ अनुभव दिने विश्वास राखिएको छ।
सुनको जन्तरको म्युजिक भिडियो अहिले मन्सिङ तामाङ युट्युब प्लेटफर्ममा उपलब्ध छ।