वडाअध्यक्षबाटै कुटिए ईञ्जिनियर

रामेछाप

सुनापती गाउपालिका–२ दिमीपोखरीका वडाअध्यक्ष कमल केसीले सव इञ्जिनियरलाई हातपात गरेको छ । वडामा कार्यरत इञ्जिनियर हिमाल खड्कालाई आइतबार वडाध्यक्षले हातपात गरेको हो ।

भुकम्प प्रभावितले पुननिर्माणका लागि पाएको दोस्रो र तेस्रो किस्ताको निकासा सम्बन्धि सुचना फेसबुकमा राखेको भन्दै वडाध्यक्ष केसीले ईन्जिनियर खड्कालाई हातपात गरेको थियो ।

विना गल्ती वडाध्यक्षले ममाथि अपशब्द प्रयोग गर्दै निलडाम हुने गरी कुटपिट गरेको खड्काले सुनाए ।

जनप्रतिनिधिबाट नै ईन्जिनियर कुटिएकोमा कानुनी कारबाहीको माग गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक संजाल रामेछापले सोमबार एक विज्ञप्ति जारी गरेको छ ।

यसअघि पनि मापदण्ड पूरा नभएको घर पास गराउन दबाव दिने, थर्काउने गरेको छ । यस प्रकारको गतिविधि पटकपटक गर्दा समेत जनप्रतिनिधि भएकै कारण कानुनी कारबाही नहुँदा केसीको झन मनोबल बढेको हो । केसीलाई कानुनी कारबाही नभएसम्म प्राविधिकहरुले आफ्नो कामकाज ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सुनापतीमा सोमबारदेखि नै काम ठप्प पारिएको जनाएको छ । अबको एक साताभित्र कानुनी कारबाही नभए जिल्लाभरि नै कामकाज ठप्प पार्ने जनाएको छ ।

नागरिकको जानकारीका लागि प्रकाशन गरिनुपर्ने सुचनालाई फेसबुकमा राखेको कारण इन्जिनियर कुटिएकोमा घोर भत्र्सना गर्दै कानुनी कारबाहीको माग गर्दै विज्ञप्ति निकालेको हो, संजाल रामेछापका संयोजक अरविन्द कुमार महतोले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका