फोनिज बागमतीको महाधिवेशन सम्पन्न‚ अध्यक्षमा युवराज

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
मन्थली (रामेछाप)

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । शनिबार रामेछाप मन्थलीमा सम्पन्न अधिवेशनबाट अध्यक्ष युवराज श्रेष्ठसहितको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा दिल बहादुर लामा‚ महिला उपाध्यक्ष अनिता डंगोल‚ महासचिव राजु नापित‚ सचिव (संस्थागत) हिरालाल गुरुङ‚ सचिव (महिला) निशा गुरुङ‚ कोषाध्यक्ष शंकर श्रेष्ठ चयन भएका छन् ।

यसैगरी लेखा समिति संयोजक अशोक सुजन श्रेष्ठ र अनुशासन समिति संयोजक जगत तामाङलाई चयन गरेको हो ।

यस्तै सदस्यहरू वावुकाजी श्रेष्ठ‚ उद्वव कुमार श्रेष्ठ‚ मानकाजी तामाङ‚ रत्नकाजी प्रजापती‚ रवि महर्जन‚ जर्नेल घले‚ तेज नाछिरिङ राई‚ श्यामलाल लामा र विशालराज राई रहेका छन् ।

यसैगरी लेखा समिति सदस्य निरबहादुर तामाङ‚ अनुशासन समिति सदस्य प्रदिपकुमार श्रेष्ठ रहेका छन् ।

महाधिवेशनबाट केन्द्रीय प्रतिनीधिहरुमा सरस्वती श्रेष्ठ‚ राजेश रुम्बा लामा र श्याम राना मगरलाई बनाइएको छ ।

यस नयाँ टिमले संघको उद्देश्य र लक्ष्यहरूलाई अगाडि बढाउन र आदिवासी जनजाति पत्रकारहरूको हक अधिकार र सम्मानको लागि कार्य गर्ने अपेक्षा गरिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका