सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख ७४ हजार १०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस दुई हजार नौ सय ८६ रुपैयाँ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका