नेपाली चलचित्र होस्टेल-३, क्रोएसियामा प्रदर्शन हुने भएको छ । चलचित्रलाई जाग्रेबमा रहेको थकाली हाउसले मार्च २३ तारीख प्रदर्शन गर्न लागिएको हो ।
नेसनल युनिभर्सिटीको सेस्भेतेस्थित हलमा हुने होस्टेल-३,को टिकट नेपाली थकाली हाउस, मार्केट बास्केट, बुद्ध मार्ट, थोमस बार, एयरिङ कलेक्सन र लालीगुराँस होस्टेल जाग्रेबमा लगायतमा पाइने छ । चलचित्र बिहान ११ बजे, दिउँसो २:१५ बजे र बेलुकी ५:३० बजे गरि ३ शो प्रदर्शन हुने आयोजकको भनाइ छ ।
होस्टेल-३ हेर्न १० युरोको टिकट काट्नु पर्ने छ । टिकट वा अन्य जानकारीका लागि मोबाइल नम्बर (+३८५९७६६४४८५६ र +३८५९५३९२८५६३ सम्पर्क गर्न सक्ने आयोजकले जनाए ।
नेपालमा भने होस्टेल-३, फागुन २३ गतेबाट प्रदर्शनमा आइसकेका हुन् । उक्त चलचित्रमा आशिष घिमिरे, पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतले अभिनय गरेका छन् ।
यसअघिका होस्टेल र होस्टेल-२,बाट थुप्रै कलाकारहरु स्थापित भैसकेको छन् । त्यस्तै यस चलचित्रबाट पनि थुप्रै कलाकारहरुले डेब्यु गर्दै छन् ।
चलचित्रमा माधव शर्माको पटकथा रहेको छ । त्यस्तै कर्ण कार्की र गोविन्द अधिकारी निर्माता हुन् । होस्टेलका सहनिर्माता सुरेश कँडेल रहेका होस्टेल-३, का कार्यकारी निर्माता शंकर कोइराला छन् ।
नेपाली रेस्टुरेन्ट थकाली हाउसले यसअघि नेपाली, हिन्दी चलचित्रसँग विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिसकेका छन् । जाग्रेबको सेन्टरमा रहेको थकाली हाउसले विभिन्न प्रकारका नेपाली खानाहरु उपलब्ध गराउदै आएको छ ।