नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल तामाङ सङ्घ धादिङमा अम्बर पाख्रिन निर्वाचित भएका छन्।
शनिवार सम्पन्न प्रथम भेलाले पाख्रिनलाई सर्वसम्मत रूपमा चयन गरेको हो। पाख्रिनको नेतृत्वमा १३ जना कार्यसमिति चयन भएको छ।
समितिको उपाध्यक्षमा सीता तामाङ र चालमान तामाङ चयन भएका छन् भने सचिवमा तारावीर तामाङ, सह–सचिवमा नमराज तामाङ र डम्बरबहादुर मोक्तान चयन भएका छन्।
यसै गरी सदस्यहरूमा मर्कुश तामाङ, निरमाया तामाङ, मेन लामा तामाङ, रामबहादुर तामाङ, बसन्ती तामाङ र मंगली तामाङ चयन भएका छन्। बाँकी रहेका सदस्यहरू विभिन्न भूगोल क्षेत्रबाट समावेश गरिनेछन्।
केन्द्रीय प्रतिनिधिहरूमा क्षेत्र नम्बर १ बाट अशोक लामा संयोजक, जीवनसिंह तामाङ, जङ्गबहादुर तामाङ, दिलमाया तामाङ र डम्बरबहादुर तामाङ चयन भएका छन्। क्षेत्र नम्बर २ बाट संयोजक लक्ष्मी तामाङ, सन्तबहादुर तामाङ, अशोक कुमार तामाङ, सीता चोदेन तामाङ र योग बहादुर तामाङ चयन भएका छन्।
बागमती प्रदेश प्रतिनिधिहरूमा पदम तामाङ, बुद्धिमान तामाङ, पोतेमाया तामाङ, सुधा तामाङ, आशामाया तामाङ, छ्यो तामाङ र फुलमाया तामाङ चयन भएका छन्।
यसै गरी, क्षेत्र नम्बर २ को प्रदेश (ख) बाट कान्छा लामा तामाङ, आइतीमाया तामाङ, जीउ बहादुर तामाङ, कान्छीमाया तामाङ, करण तामाङ, अजय थापा तामाङ र रोजिता तामाङ चयन भएका छन्।
अधिवेशन नेपाली काँग्रेस पार्टीको केन्द्रीय सदस्य तथा पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख अतिथ्यातामा सम्पन्न भएको थियो।
प्रमुख अतिथि पाख्रिनले नेपाली काँग्रेस एक मात्र पार्टी हो । जसले सबै जातजाति, भाषाभाषी, आदिवासी जनजाति सबैको संस्कार र संस्कृतिलाई संविधानभित्र लिखित रूपमा समावेश गरी संरक्षण गर्ने लोकतान्त्रिक खुल्ला रहेको उल्लेख गरे ।
संघको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनीधि विलाम मुक्तानले लामो समयपछि नयाँ नेतृत्व पाएकोमा खुसी व्यक्त गर्दै हालसम्म ७६ जिल्लामा तामाङ समुदाय बसोबास भए तापनि ६४ जिल्लामा मात्र सङ्गठन बन्ने सम्भावना रहेको उल्लेख गरे । उनले भने, ‘हालसम्म ४३ जिल्लामा संयोजक तोकिए पनि २२ जिल्लामा मात्र अधिवेशन भएको र धादिङमा तामाङ बाहुल्यता भए पनि कम उपस्थिति देख्दा राजनीतिमा सक्रिय कम रहेको पाए ।’
उनले अब तामाङ समुदायमा राजनीतिक चेतना जगाउन शैक्षिक क्षेत्रमा जोड दिनुपर्ने र बागमती प्रदेश सरकारले तामाङ भाषालाई सरकारी कामकाजी भाषा प्रयोगमा ल्याउनु सबै खाले सम्झौता भैसकेको बताए ।
अधिवेशनमा बागमती प्रदेशको नेपाली काँग्रेस दलका सचेतक गोबिन्दा लम्साल, प्रदेश सदस्य शिवराज अधिकारी लगायत पार्टीका जिल्ला पदाधिकारी, क्षेत्रीय प्रदेश भातृ सङ्गठनका नेताहरूले शुभकामना दिएका थिए ।