नेपाली काङ्ग्रेसका भातृ संगठन नेपाल महिला संघ सिन्धुपाल्चोक लिसंखुपाखरको अध्यक्षमा नैना कुमारी लामा चयन भएकी छन् । उनको चयन चैत १ गते भएको एक भेलामा गरिएको हो ।
यसै भेलामा संघको अन्य पदाधिकारीहरू पनि चयन भएका छन्। उपाध्यक्षमा भगवती भण्डारी, सचिवमा बिमला दर्नाल, सहसचिवमा सानु माया घिसिङ, कोषाध्यक्षमा गोमा गौतम रहेका छन्।
संघका सदस्यहरूमा सन्तोषी भण्डारी, विमला श्रेष्ठ, मिरु तामाङ, सरस्वती श्रेष्ठ, प्रतिमा श्रेष्ठ र कुमारी बम्जन चयन भएका छन्।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि डा. प्रेमध्वज तामाङ, सिन्धुपाल्चोक नेपाल महिला संघकी उपाध्यक्ष बबिता तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
यसरी नेपाल महिला संघ सिन्धुपाल्चोक लिसंखुपाखरको नयाँ कमिटी गठन भएको छ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1