तामाङ सोसाइटी अफ अमेरिकाको महाधिवेशनबाट २०२५-२०२७ को लागि नयाँ कार्यसमिति गठन भएको छ।
सोसाइटीको १२ औँ अधिवेशनले अध्यक्षमा तुल बहादुर तामाङ निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी शमशेर योन्जनलाई ११ मतले पराजित गर्दै विजय हासिल गरेका छन्। अधिवेशनमा कुल ६१९ जना मतदाता रहेकोमा ५०१ जनाले मतदान गरेका थिए।
यसै गरी संस्थाको महासचिव पदमा चाँदनी लामा २५९ मत ल्याएर निर्वाचित भएकी छन्। त्यस्तै वरिष्ठ उपाध्यक्ष सन्तबहादुर तामाङ, उपाध्यक्ष दूधराज तामाङ, महिला उपाध्यक्ष उमा तामाङ, सचिव राजु लामा, महिला सचिव सोनिया मोक्तान, कोषाध्यक्ष विष्णु तामाङ, सह कोषाध्यक्ष निरु तारा योन्जन निर्वाचित भएको निर्वाचन आयुक्त बिआर लामाले जानकारी दिए ।
यसै गरी सदस्यमा सानु मोक्तान (निर्विरोध) निर्वाचित भएका छन्।
अध्यक्ष तामाङले तामाङ समुदायलाई एकताबद्ध पार्ने, समुदायको पहिचान, धर्म, संस्कृति, खेलकुद र अन्य क्षेत्रमा विशेष जोड दिने प्रतिबद्धता जनाएका छन् ।
तामाङ सोसाइटी अफ अमेरिकाले लामो समयदेखि तामाङ समुदायको एकता, सहयोग, धर्म-संस्कृति संरक्षण र सामाजिक सेवामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
यस पटकको निर्वाचन आयुक्त बिआर लामा, निर्वाचन अधिकृत सानुमाया तामाङ र राजु तामाङको नेतृत्वमा निर्वाचित सम्पन्न भएको हो ।
अधिवेशनको बन्द सत्रमा सचिव मैया तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिइन भने महासचिव शम्सेर योन्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
अध्यक्ष बुद्धिमान तामाङले आफ्नो कार्यकालमा संस्थाले गरेको आम्दानी बीस हजार डलर ट्रस्टीका अध्यक्ष इन्द्र तामाङलाई हस्तान्तरण गरेका थिए।