सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
काठमाडौं

हिजो सोमबार प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख ७५ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कायम भएको थियो । यसैगरी, चाँदीको मोल प्रतितोला दुई हजार ५० रुपैयाँ निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका