तामाङ संघ दोलखाको अध्यक्षमा श्याम तामाङ निर्वाचित 

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
315 Shares
चरिकोट, दोलखा

नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल तामाङ संघको दोलखा जिल्ला अधिवेशनबाट अध्यक्षमा श्याम तामाङ निर्वाचित भएका छन्।

अधिवेशनबाट समितिको उपाध्यक्ष सुक्लाल तामाङ, तारा पाख्रीन‚ सचिव प्रेम तामाङ‚ सह-सचिवद्वय कृष्ण तामाङ र दावा घिसिङ‚ कोषाध्यक्ष पशुपति तामाङ निर्वाचित भएका छन् ।

यसैगरी सदस्य शंकर तामाङ, बिरबहादुर तामाङ, उर्मिला मोक्तान रहेका छन् ।  बाँकी सदस्यहरू विभिन्न भूगोल क्षेत्रबाट समावेश गरिनेछन्।

संघको केन्द्रिय प्रतिनिधिहरूमा लक्ष्मीकुमारी तामाङ, कृपाश्रर तामाङ र कुमार तामाङ औतारी रहेका छन्।

प्रदेश (क) संयोजक रामलाल तामाङ र प्रदेश (ख) संयोजक राजु लामा पनि उपस्थित रहेका थिए।

नेपाली कांग्रेस पार्टीको दोलखा जिल्ला सभापति बर्मा लामाको प्रमुख आतिथ्यता अधिवेन सम्पन्न भएको थियो । यस्तै तामाङ संघका केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक बिलाम मुक्तानको प्रतिनिधित्वमा अधिवेशन सम्पन्न भएको हो।

प्रमुख अतिथि एवं सभापति लामाले संघलाई जातीय संस्था नभई नेपाली कांग्रेस भित्र रहेका तामाङहरूलाई एकतामा बाँध्ने र पार्टीलाई मजबूत बनाउने भातृ संस्था रहेको उल्लेख गरे ।

केन्द्रीय प्रतिनिधि मुक्तानले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो समाजवादी राजनीतिक दल बताउँदै तामाङ समुदायलाई पार्टीले राम्रोसँग चिनेको बताए । उनले तामाङ नेपालको तेस्रो ठूलो आदिवासी जनजाति रहेको बताउँदै बागमती प्रदेशमा १२ लाख १६ हजार ५ सय १७ तामाङ बसोबास गरेको जानकारी दिए ।

‘दोलखा जिल्लामा ३० हजार ४ सय ६८ तामाङहरु बसोबास गर्छन्। तर, जनसंख्या कम भएका समुदायले चुनाव जित्दा तामाङले हार्नु व्यहोर्ने परेको दुःखद स्थिति रहेको छ’‚ उनले भने । यसैले, संघले अबको दिनमा तामाङ समुदायलाई एकतामा बाँध्ने र प्रजातन्त्रको लागि संघर्ष गर्ने आवश्यकता रहेको उनले बताए ।

संघले नेपाली कांग्रेस पार्टीलाई मजबूत बनाउने र तामाङ नेतृत्वलाई अगाडि बढाउने लक्ष्य राखेको छ। यसका साथै, देशलाई विकासको मार्गमा अगाडि बढाउन नेपाली कांग्रेसको विकल्प अरू पार्टी नरहेको उल्लेख गरे ।

नेपाल तामाङ संघको दोलखा जिल्ला अधिवेशनले तामाङ समुदायलाई एकतामा बाँध्ने र नेपाली कांग्रेस पार्टीलाई मजबूत बनाउने दिशामा अग्रसर भएको छ।

अधिवेशनमा जिल्ला सचिव, पार्टीका जिल्ला पदाधिकारी, क्षेत्रीय प्रदेश भातृ संगठनका नेताहरू र जिल्लाका सबै स्थानीय तहका तामाङ प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया