काठमाडौं लायन्स क्लबद्वारा ज्ञानज्योतीलाई खेलकुद सामग्री प्रदान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
497 Shares
ललितपुर

काठमाडौं लायन्स क्लब वोन्डर वोमेनले चैत्र ४ गते सिलिङ्गेबेसी स्थित ज्ञानज्योती स्कूललाई खेलकुद सामग्री उपलब्ध गराएको छ। यसको मुख्य उद्देश्य स्कूलको खेलकुद क्षेत्रमा विकास गर्नु र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुगोस् भन्ने रहेको छ।

गत असोज १२ मा आएको बाढीले यस स्कूल पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। बाढीपहिरोले स्कूलका चार भवन र दस्तावेजहरू बगाएपछि विद्यालय अहिले अस्थायी रूपमा संचालनमा छ। प्रधानाध्यापक कुमार भुलनले बाढीले स्कूललाई भग्नावशेषमा परिणत गरेको बताउँदै स्थानीय अभिभावक र सहयोगीहरूको सहयोगमा विद्यालय चलाइएको जानकारी दिए ।

यस स्कूललाई सहयोग पुर्याउन नेपाली काङ्ग्रेसका स्थानीय नेता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर ग्लान तामाङले पहल गरेका थिए। उनले स्थानीय सरकारले यस क्षेत्रमा ध्यान नदिँदा असन्तुष्ट व्यक्त गर्दै अभिभावकहरूले पनि सरकारको उदासीनताको विरोध गरेका छन्।

विद्यालयकी बाल विकास सहजकर्ता मिरा ग्लानले स्वास्थ्य, खानेपानी, शैक्षिक सामग्री लगायतका आवश्यक विषयमा राज्यको ध्यान दिनु जरुरी रहेको बताइन्। उनले बालबालिकाको विकासका लागि खेलकुद र शिक्षाको महत्वलाई जोड दिँदै यस्ता सहयोगहरूले विद्यालयलाई पुनर्निर्माण गर्न ऊर्जा प्रदान गरेको बताइन्।

बाढीले गर्दा स्कूलका चार भवन र दस्तावेजहरू नष्ट भएको प्रहरीले जारी गरेको मुचुल्कामा उल्लेख छ। यस घटनाले विद्यालयको संचालनमा ठूलो असर पारेको छ।

लायन्स क्लबले गरेको यो सहयोगले विद्यालयका विद्यार्थीहरूले खेलकुद गतिविधिहरूमा सहभागी हुन पाउने र उनीहरूको सृजनात्मकता र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया