तामाङ घेदुङ साइप्रसको अध्यक्षमा प्रदिप तामाङ

आठौं वार्षिकोत्सब सम्पन्न

नानू गोम्जा संवाददाता
1064 Shares
लिमासोल, साइप्रस

नेपाल तामाङ घेदुङ साईप्रसको चौथो अधिवेशनबाट अध्यक्षमा प्रदिप तामाङ चयन भएको छ । तामाङलाई मार्च १६ आइतबार लिमासोलस्थित इन्डियन रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनबाट बरिस्ठ उपाध्यक्ष नानी माया मोक्तान, प्रथम उपाध्यक्ष विजय स्याङ्बो तामाङ, द्वितीय उपाध्यक्ष गंगा माया तामाङ,  महासचिव युवराज सिङ्तान तामाङ,  सचिव अजयराज मोक्तान तामाङ, सचिव मौसमी तामाङ, कोषाध्यक्ष कमला दोङ तामाङ, सहकोषाध्यक्ष अरुण दोङ तामाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरु सुमि ग्लान तामाङ, सान्नानी तामाङ, मुनीमाया तामाङ, विशाल योन्जन तामाङ, सुरेश तामाङ, मनिषा तामाङ, पासाङ तामाङ, उमा तामाङ, चिनी तामाङ, रबिन तामाङ, विजय कुमार लामा, मिङमार तामाङ, सुदर्शन नेगी तामाङ, सागर तामाङ, गंगा तामाङ, सुकु माया तामाङ, बिकास थोकर तामाङ, चमेली तामाङ, शान्ति तामाङ, सुरज तामाङ, दिपेश गोले तामाङ, मुना तामाङ, सुर्य माया मोक्तान, सुर्य बहादुर तामाङ, प्रबिन तामाङ, प्रकाश तामाङ, सरस्वती तामाङ, जितेन तामाङ, अजय लामा, सुरज तामाङ, तारा घले, माया तामाङ, सोम बहादुर तामाङ, रोजन तामाङ, मानबहादुर तामाङ, कविता तामाङ, तारा तामाङ, लक्ष्मी तामाङ, रामबहादुर तामाङ, अन्जु लामा तामाङ, पूजा तामाङ, टुल्कु तामाङ र विजय तामाङ रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि ब्रिटिश गोर्खाका प्रतिनिधि अमृत मोक्तान तामाङले रहेका थिए ।

यसैगरी कार्यक्रममा संस्थाकी प्रवक्ता सानुमाया लोप्चनले शुभकामना मन्तव्य राखेकी थिइन् ।

कार्यक्रम नेपाल तामाङ घेदुङ साइप्रसको सल्लाहकार माया लोप्चन तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसैगरी अधिवेसनको बन्दसत्रमा संस्थाका अनुशासन तथा मूल्याङ्कन विभाग प्रमूख सुमित्रा बोम्जन तामाङले अनुशासन तथा मूल्याङ्कन विभागका दुई वर्षको मूल्याङ्कित प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । यस्तै कोषाध्यक्षले दुई वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

‘तामाङ जातिको उत्थान भाषा धर्म र संस्कृतिको संम्वर्धन’ मुल नारालाई आत्मसाथ गर्दै, सन् २०१६ अक्टोबर २३ तारिख घेदुङ स्थापना  भएको थियो । घेदुङका पुराना कार्यसमिति सदस्यहरू कार्य व्यस्तता र साइप्रसबाट अन्य देश पलायन भएका कारण अधिवेशन र आठौं वार्षिकोत्सब लामोसमय रोकिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
4
+1
0

तपाईको प्रतिक्रिया