प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा दुुई पक्षीयसम्बन्ध र हितका विषयमा छलफल भएको छ । उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिकसम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले हिमालदेखि समुुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्दामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि उनलाई आग्रह गरे।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका