स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको छ
।
सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मोल प्रतितोला १५ रुपैयाले घटेर दुई हजार ३० रुपैया निर्धारण भएको छ । बुधबार सोही परिमाणको चाँदी दुई हजार ४५ रुपैयामा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1