आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँ घटेको हो ।
बिहीबार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा खरिदबिक्री हुनेछ ।
आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1