उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई दश हजारदेखि एक लाख पुरस्कार

माध्यमिक शिक्षा परीक्षा, एसइई

काठमाडाैं

उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई ककनी गाउँपालिकाले नगद पुरस्कार दिने घाेषणा गरेकाे छ । चैत ७ गतेबाट सुरू भएकाे शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा, एसइईमा उत्कृष्ट जिपिए लिएर उत्तीर्ण हुने विद्यार्थीलाई दश हजारदेखि एक लाख प्रदान गर्ने  पालिकाले घाेषणा गरेकाे हाे ।

पालिकाकाे शिक्षा अधिकृत पेमा दाेर्जे थाेकरकाअनुसार सइईमा  ४ जिपिए ल्याउने विद्यार्थीलाई एक लाख , ३.९ देखि ४ जिपिए  ल्याउने विद्यार्थीलाई ५० हजार, ३.८ देखि ३.९ जिपिए ल्याउने विद्यार्थीलाई  २० हजार , ३.७ देखि ३.८ जिपिए  ल्याउने विद्यार्थीलाई १५ हजार ,३.६ देखि ३.७ जिपिए ल्याउने विद्यार्थीलाई दश हजार पुरस्कार प्रदान गरिनेछ  ।

देशव्यापीरुपमा सुरु हुँदै गरेको एसइईमा ककनी गाउँपालिकाबाट विभिन्न केन्द्रमार्फत सहभागी हुन गइरहेका समस्त विद्यार्थीहरुमा पूर्ण सफलताको कामना गरेकाे छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका