रसुवा अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस र इक्टोपिक गर्भावस्थाको सफल शल्यक्रिया

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
231 Shares
धुन्चे, रसुवा

रसुवा अस्पतालमा पहिलो पटक चैत ८ गते आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ गत्लाङका ३६ वर्षिय पुरुषको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । यसका साथै सोही गाउँकी २८ वर्षिय एक महिलाको दुई महिनाको गर्भावस्थामा रक्तश्राव भएपछि आकस्मिक शल्यक्रिया गरिएको छ ।

पाटनबाट एमडी गरिएका डाक्टर सुनिल कुमार दासका अनुसार, ३६ वर्षिय पुरुषलाई पेट दुख्ने र बान्ता हुने समस्या भएकाले अस्पतालमा जाँच गर्दा एपेन्डिसाइटिस निक्किएपछि तत्काल शल्यक्रिया गरिएको हो। यसैगरी, २८ वर्षिय महिलाको दुई महिनादेखि महिनावारी नभएको र पिसाव जाँच गर्दा गर्भावस्था पुष्टि भएको थियो। तर, गर्भ पाठेघर बाहिर (इक्टोपिक प्रेग्नेन्सी) भएको र पेटभित्र रक्तश्राव भएकाले आकस्मिक शल्यक्रिया गर्नुपरेको थियो। शल्यक्रियाको क्रममा महिलाको शरीरमा ३ पाउन्ड रगत चढाइएको बताइएको छ।

यो शल्यक्रिया डाक्टर सुनिल कुमार दास, डाक्टर दिपजना थापा, डाक्टर शंकर कुवर, नर्सहरू कविता देवकोटा, अनिता सिङतान, अप्सरा विडारी र कार्यालय सहयोगी सन्तोषी देवकोटाको टोलीले गरेका थिए। शल्यक्रियाको क्रममा महिलाको पेटबाट अन्दाजी सवा लिटर रगत र पौने केजी जमेको रगत निकालिएको थियो। हाल दुवै बिरामीको स्वास्थ्य सन्तोषजनक रहेको अस्पतालले जनाएको छ।

रसुवा नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले यसरी जिल्लामा नै गुणस्तरीय उपचार उपलब्ध भएपछि बिरामीलाई जिल्ला बाहिर पठाउन नपर्ने र यसले धेरै सहजता प्रदान गरेको बताउनुभयो। उहाँले अस्पताल टोलीलाई धन्यवाद जनाउनुभयो।

यसरी रसुवा अस्पतालले जिल्लामा नै आवश्यक शल्यक्रिया गरी बिरामीहरूलाई समयमै उपचार उपलब्ध गराउँदै आएको छ। यसले स्थानीय बासिन्दाको लागि स्वास्थ्य सेवा पहुँचमा सुधार भएको देखाउँछ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका