नेपाल बाल साहित्य समाजको २०८२/८३ को कार्यकालका लागि भएको निर्वाचनमा विजयराज आचार्य नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार काठमाडौंको बागबजारमा भएको निर्वाचनमा आचार्यले ४२ मत हात पार्दै विजयी भएका हुन् भने उनका प्रतिद्वन्दी डा :शशि थापाले २७ मत प्राप्त गरेका थिए।
निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले निर्वाचनको औपचारिक नतिजा सार्वजनिक गरेका थिए।
कार्य समितिको उपाध्यक्षमा विजयराज न्यौपाने, महासचिव विष्णुकुमार खत्री, सचिव विष्णु केसी, कोषाध्यक्ष डा सीता सुवेदी पन्थी, खुला सदस्य क्रान्ति पाण्डे र समन श्रेष्ठ, केन्द्रीय सदस्य केशव पराजुली, भानु भट्टराई, अर्पिता शाक्य, यशोदा अधिकारी निर्वाचित भएका थिए ।
निर्वाचित अध्यक्ष आचार्यले बाल साहित्यकारहरूको साझा संस्थाको रूपमा समाजलाई विकास गर्ने र सातै प्रदेशमा समितिलाई मजबूत पार्ने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय बनाउने र अन्तर्राष्ट्रिय स्तरका साहित्यकारहरूबाट पेपर प्रस्तुत गराउने लक्ष्य राखेका छन्।