गायक दोङको ‘साइलो म चारघरे : नेपाली लोकसंगीत र संस्कृतिको प्रतीक’

काठमाडौं

गीतसङ्गीत मनोरञ्जनको साधन मात्र नभई संस्कृति र जीवनलाई अर्थपूर्ण बनाउँछ। गीतसङ्गीतले मानिसको भावनालाई शब्द र सुरको माध्यमबाट अभिव्यक्त गर्न मद्दत गर्दछ । खुशी, दुःख, प्रेम, विरह, उत्साह र विद्रोह जस्ता भावनाहरूलाई गीतसङ्गीतले सजीव रूपमा प्रस्तुत गर्दछ। सेलो गायक विश्व दोङले हालसालै ल्याएको लोकपप नयाँ गीत ‘साइलो म चारघरे’ ले यसलाई जोडिएको छ ।

उनले करिब एक महिनाअघि युट्युबमा अपलोड गरेका चारघरे गीत मात्र सांस्कृतिक मनोरञ्जनको साधन नभई समुदायको पहिचान, एकता र साझा चेतनाको प्रतीक पनि हो । गीत सामाजिक सन्जालमा चर्चित छन् । गीतको छोटो भिडियोहरु सामाजिक सन्जाल, टिकटक लगायतमा चर्चा छन् ।

हाम्रा पहिचान बनेका संस्कृति, भेषभूषा, परम्परा र रीतिरिवाजलाई लोक भाकाका माध्यमबाट जीवन्त राख्ने अनेक लोक भाकामध्ये ठाडो भाकाको आफ्नै महत्व छ । यसले परम्परा, इतिहास र मूल्यहरूलाई अर्को पुस्तासम्म पुर्‍याउन मद्दत गर्दछ। यसको ज्वलन्त उदाहरण यस गीतले पनि बोकेको छ ।

गीतमा शब्द संगीत र संगीत संयोजन दोङकै रहेको छ । यस्तै गीतको बाँसुरीमा नगेन्द्र राई, मादल र खैचडीमा पुसन मगरको लय सुन्न सकिन्छ । कोरसमा खेम मोक्तानले गायका छन् ।

गीतसङ्गीतले मानिसको जीवनलाई रसमय र आनन्ददायी बनाउँछ। यसले तनाव घटाउन, मानसिक शान्ति दिन र जीवनलाई सकारात्मक दृष्टिकोणबाट हेर्न मद्दत गर्दछ। गीतको भाकामा माया पिरती गाँसिएको छ । एउटा लाहुरेको कथालाई शब्दमार्फत गीत र संगीतबाट मायाका कुरा व्यक्त गरिएको गायक दोङ बताउँछन् । गीतमा एउटा लाहुरेको कथा बुनेको हुन्छ । एउटा लाहुरे मुग्लान जान्छ, पाँच वर्षपछि मुग्लानबाट फर्किन्छ । धन कमाउँछ भनी मुग्लान पसे, पाँच वर्ष बसे । त्यसपछि फर्किन्छ । मायाको निशानामा गायकले बुनेको जस्तै मायाको निम्ति विष पनि अमृत हुन्छ । यो भाष्यलाई गायकले मायामा संसार अडेको हुन्छ। जहाँ मायाबिना संसार सम्भव छैन । गीतमा प्रेमको मिठास र समर्पणको भावना प्रस्तुत गरिएको छ। गायक दोङको आफ्नो आवाजको जादूले गीतलाई जीवन्त दिएको छ ।

कोरियामा भएको सोनाम ल्होछारमा प्रस्तुति दिँदै । तस्विर ; अमिर योन्जन

उनले भने, ‘गीतसङ्गीत कलाको एक रूप हो, जसमा सृजनात्मकता र कल्पनाको ठूलो भूमिका हुन्छ। यसले कलाकारहरूलाई आफ्नो भावनाहरू र विचारहरूलाई नयाँ र नवीन तरिकाबाट अभिव्यक्त गर्ने मौका प्रदान गर्दछ।’

उनले यो गीत गण्डकी क्षेत्रमा आसपासमा गएका कौडा भाकालाई शब्दमार्फत तयार पारिएको बताए ।

गायक दोङले गीतसङ्गीत मानव अस्तित्वको एक अनिवार्य अङ्ग हो, जसले हाम्रो जीवनलाई गतिशील र सकारात्मक बनाउँछ, यो त्यसैको एउटा पाटो रहेको बताए ।

गायक दोङ सेलोमा अब्बल गायक मानिन्छ । उनले गाएका गीतहरूमा प्रेम, विरह र जीवनका विविध अनुभूतिहरू झल्किन्छन्। उनका गीतहरु सबैजसो चर्चित छन् । उनका ‘घुम्टो चुरा’, ‘घुम्ना पो जाँदा’, ‘माया भन्दा ठूलो जात होइन’, ‘हेर्दामा राम्री’, ‘घुम्दै फिर्दै’, ‘माथि त त्रिवेणी’, ‘धरन शहर’, ‘अचानक’, ‘गोरीमा गोरी’ लगायत गीतहरु चर्चित छन् ।

यस्तै ‘स्ह्यार री केसइ याङ तामाङ’, ‘घुम्दै फिर्दै’, ‘कहाँ पयो घर’, ‘डम्फू साँझमा’, ‘ल्होछार मेला’ लगायत दर्जनौं गीत लोकप्रिय छन् । वि।सं २०५६ सालदेखि विशेष गरी तामाङ मौलिक गीत संगीतमा लागिरहेका दोङले हालसम्म हजारभन्दा बढी गीत गाइसकेका छन् ।

महोत्सवमा प्रस्तुति दिँदै गायक दोङ

गायक दोङले साङ्गीतिक कोसेलीहरु मार्फत देशविदेशमा पुगिसकेका छन् । देशका विभिन्न महोत्सवहरुमा उनका गीतहरु गुन्जिएका हुन्छन् भने प्रयाजसो उनको प्रस्तुति अनिवार्य जस्तै भइसकेका छन् । उनले दक्षिणकोरिया, युके, दुवई, थाइल्याण्ड लगायतका देशहरुमा साङ्गीतिक कोसेलीमार्फत भ्रमण गरिसकेका छन् ।

गायक दोङको चारघरे गीत नेपाली संस्कृतिको अमूल्य धरोहर हो । यसले हाम्रो सामाजिक संरचना र सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्दछ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया