सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ३ स्थित धुस्कोट गाउँमा गोले तामाङ वंश समाजको नवौं राष्ट्रिय सम्मेलन र एघारौं वार्षिक साधारण सभा आयोजना हुने भएको छ। सोमबार सम्पन्न केन्द्रिय बैठकले यसको निर्णय गरेको समाजका केन्द्रिय अध्यक्ष मिनप्रसाद गोलेले जानकारी दिए।
यस सम्मेलनले गोले समुदायका दाजुभाइहरू बीच भलाकुसारी, सांस्कृतिक आदानप्रदान, कुलपूजा, र समाजको विकासका विषयमा छलफल गर्ने मौका दिनेछ। साथै, गोले कल्याणकारी कोषलाई सशक्त बनाउने लक्ष्य राखिएको छ। सम्मेलनमा विविध सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिनेछ।
भव्य आयोजनका लागि आयोजक समिति गठन सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन अध्यक्ष मिनप्रसाद गोलेको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा केन्द्रिय महासचिव धनबहादुर गोले, कोषाध्यक्ष कृति गोले, उपमहासचिव शुभराज गोले र केन्द्रिय सदस्य प्रीतम गोले रहेका छन्। यसैगरी, जयप्रसाद गोले प्रमुख सल्लाहकार र दावा गोले सल्लाहकारको भूमिकामा रहनेछन्।
२०८२ साल जेठ ३–४ मा हुने सम्मेलन यो राष्ट्रिय सम्मेलन आगामी २०८२ साल जेठ ३ र ४ गते दुई दिन सम्म हुनेछ। बलेफी गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। नेपालभरिका गोले समुदायका सदस्यहरूका साथै भारतको दार्जीलिङ, सिक्किम र मिरिकबाट पनि प्रतिनिधिहरू उपस्थित हुने अपेक्षा छ। सल्लाहकार दावा गोलेले विशेष गरी कुलपरिवारहरूको ठूलो उपस्थिति रहने बताए।
धुस्कोट गाउँः तामाङ संस्कृति केन्द्र धुस्कोट गाउँ सिन्धुपाल्चोकको बलेफी(३ मा पर्छ। यसलाई तामाङहरूले धुसुत नाम्साू भनेर चिन्छन्। यहाँ ८५ बसोबास गोले थरका तामाङहरूको रहेको छ। यसका साथै पाख्रीन, वाइबा, डुम्जन, लोप्चन र योञ्जन जातिका मानिसहरू पनि बस्छन्। गाउँमा दुईवटा गुम्बा (घेदुङ छ्योइलिङ र कर्मडुप्ग्युलिङ) रहेका छन्। ऐतिहासिक रूपमा, यो गाउँ गोलेहरूको थाङ्पाल क्षेत्रबाट आएर बसेको मानिन्छ।
धुस्कोटको छिमेकमा याङ्लाकोट, सन्चगाउँ, डाँडागाउँ, बिन्जेल, राम्चे लगायतका गाउँहरू पर्छन्, जहाँ पनि गोले समुदायको बाहुल्य छ। यसैकारण यो सम्मेलन ऐतिहासिक रूपमा महत्वपूर्ण र भव्य हुने अपेक्षा छ।