कुबेर तामाङको नयाँ गीत ‘मेरो जीवन तिमी’ सार्वजनिक

मनु ठकुरी संवाददाता
455 Shares
काठमाडौं

गायक तथा निर्देशक कुबेर तामाङको नयाँ एकल गीत ‘मेरो जीवन तिमी’ ले सार्वजनिक भएको छ। जसको गीत, स्वर र निर्देशन तामाङको नै रहेको छ।

गीतलाई कम्पोजर कल्याण सिंहले रक-पप र फ्युजन शैलीमा सफलतापूर्वक ढाल्किएको छ। मेलोडी नेपाल स्टुडियोमा रेकर्डिङ भएको यस गीतका एरेन्जर पुष्कर सुनुवार र रेकर्डिस्ट विप्लव अधिकारी हुन्। तामाङले एरेन्जर सुनुवारको योगदानलाई गीतको सफलताको प्रमुख आधार बताउनुभएको छ।

गीतको म्युजिक भिडियोको छायांकन र सम्पादन मोहन सुनुवारले गरेका हुन्, भने मेकअप साया राईको रहेको छ। गीतमा कलाकार सञ्जित भण्डारी र नतिजा लुइटेलले आफ्नो कलाकारिता देखाएका छन्। तामाङले सम्पादनमा प्रयोग भएको कलर ग्रेडिङ र दृश्याङ्कनले गीतलाई अझ बढी आकर्षक बनाएको बताएको छ।

तामाङले यस गीतले दर्शकहरूको मन जित्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् । ‘यो गीत मेरो मिहिनेत र साथीहरूको सहयोगको फल हो। श्रोताहरूको प्रतिक्रिया नै हाम्रो प्रेरणा हो,’ उनले भने । उनले आगामी दिनमा पनि यस्तै राम्रा प्रस्तुतिहरू दिने आशा व्यक्त गरिएको छ।

यो नेपाली सांगीतिक क्षेत्रमा फ्युजन शैलीको नयाँ सम्भावना राखेको छ भने तामाङ, सिंह र सुनुवारको साझा प्रयासले गीतलाई बजारमा चर्चित बनाएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका