कुलमान घिसिङ हटाएकोमा जनप्रगतिशील मञ्च क्रोएसियाको बिरोध

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
434 Shares
जाग्रेब, क्रोएसिया
तस्विर : फाइल

नेपाली जनप्रगतिशील मन्च क्रोएसियाले कुलमान घिसिङलाई अबधि नपुग्दै हटाएको भन्दै नेपाल सरकारको बिरोध गरेको छ । मञ्चले बिहीबार विज्ञप्ति जारी गरेर नेपाल सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएको बिरोध गरेको हो ।

मञ्चको विज्ञप्तिमा ` नेपाल सरकारद्वारा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्यायपूर्ण रूपमा बर्खास्त गरिएको घटनाप्रति जनप्रगतिशील मञ्च क्रोएसिया गम्भीर आपत्ति प्रकट गर्दछ । लोडसेडिङ अन्त्य गरी नेपाललाई उज्यालो राष्ट्र बनाउने, ऊर्जा क्षेत्रमा सुधार ल्याउने तथा संस्थागत भ्रष्टाचारविरुद्ध प्रभावकारी भूमिका निर्वाह गर्ने कुलमान घिसिङलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइनु गम्भीर अन्याय हो ´ लेखिएको छ ।

` यो कदमले पेशागत निष्पक्षता कमजोर पार्नुका साथै दक्ष, इमानदार र राष्ट्रसेवक व्यक्तित्वमाथि प्रहार गरेको स्पष्ट देखिन्छ । नेपाल सरकारले चालेको यो निर्णय निन्दनीय, अस्वीकार्य र प्रतिगामी भएकाले जनप्रगतिशील मञ्च क्रोएसियाले यसको घोर भर्त्सना गर्दै तुरुन्तै निर्णय पुनरावलोकन गर्न आग्रह गर्दछ ।´विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिको अन्तमा ` हामी सम्पूर्ण नेपाली नागरिक, बुद्धिजीवी वर्ग, ऊर्जा क्षेत्रका विज्ञ तथा प्रवासी नेपाली समुदायलाई यस अन्यायविरुद्ध संगठित रूपमा आवाज उठाउन अपिल गर्दछौं । ´ लेखिएको छ ।

देश तथा विदेशमा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाले उज्यालो नेपालका नायक घिसिङलाई हटाएको भन्दै विज्ञप्ति मार्फत सरकारको विरोध गरेको छ । क्रोएसियामा भने विज्ञप्ति निकालेर नेपाल सरकारको विरोध गर्ने पहिलो संस्था जनप्रगतिशील मञ्च हो । मञ्च नेकपा माओवादी केन्द्रका प्रवास संगठन हुन् ।

थप यो पनि 

क्रोएसियामा बिरामी परेकी गोमालाई जनप्रगतिशील मंचको पनि आर्थिक सहयोग

जनप्रगतिशिल मंच क्रोएसियाको अध्यक्षमा लामा

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया