रणमैदान बन्यो तीनकुने, राजावादीको हिंसात्मक प्रदर्शन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
काठमाडौं

राजतन्त्र पुनर्स्थापनाको माग लिएर शुक्रबार तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो।

झडप उग्र बन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेपनि स्थिति नियन्त्रणमा नआएपछि रबर गोली र आवश्यक परेमा रियल गोली प्रहार गरेको छ। प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन्। उनलाई तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचारका लागि लगिएको छ। घाइतेको कम्मरमा गोली लागेको बताइएको छ।

यसैगरी, झडपमा सशस्त्र प्रहरीका ७ जना तथा प्रदर्शनकारीतर्फ दर्जनौं घाइते भएका छन्। घाइते प्रहरी कर्मचारीहरूमध्ये ४ जनाको उपचार कान्तिपुर अस्पतालमा भइरहेको छ। घटनाको क्रममा केही घरहरूमा तोडफोड र एक घरमा आगलागी पनि भएको छ। आगलागी कसले गरेको हो भन्ने खुल्न सकेको छैन।

नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चा र दुर्गा प्रसाईको समूहले संयुक्त रूपमा यो प्रदर्शन गरेको हो। प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि हिंसात्मक बनेपछि प्रदर्शनकारी तितर-बितर भएका छन्। यसले गर्दा तीनकुनेमा शीर्ष नेताहरूले गर्न लागेको सम्बोधन पनि स्थगित भएको छ। अहिलेसम्म पनि तीनकुने क्षेत्रमा तनाव बनेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया