श्रीराज भवन अगाडी रहेका ट्याक्सीमा तोडफोड, सरकारी गाडीमा आगजानी, प्रहरीद्वारा गोली प्रहार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
112 Shares
काठमाडौं

राजतन्त्र पुनर्स्थापनाको माग लिएर शुक्रवार तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेको छ। अहिले भर्खरै श्रीराज भवन अगाडी रहेका ट्याक्सीमा तोडफोड भएको छ । एयरपोर्टबाट यात्रु लिएर आएको ट्याक्सीमा प्रदर्शनकारीले तोडफोड गरिएको हो ।

त्यस्तै पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी भएको छ ।

प्रहरीले रबरको गोली प्रहार भएको छ ।

महानगरपालिकाले दमकल ल्याएको छ । घटना भएको धेरैपछि महानगरको अग्नि नियन्त्रक पठाएको छ । घरमा आगो लागिरहेको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया