तीनकुनेमा भयवाह स्थिति सिर्जना भएपछि कर्फ्यु आदेश जारी, यी स्थानमा कर्फ्यु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
49 Shares
काठमाडौं

राजतन्त्र पुनर्स्थापनाको माग लिएर प्रदर्शनमा उत्रिएहरु प्रहरीसँग दोहोरी झडप भएपछि अहिले कर्फ्यु घोषणा गरेको छ ।

शुक्रबार तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि कर्फ्यु घोषणा गरेको हो । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यु जारी रहनेछ ।

प्रहरीले माइकिङ गरेर सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

स्थिति नियन्त्रणबाहिर हुन पुगेकाले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज अधिकारीले जानकारी दिए ।

आन्दोलनले उग्र रुप लिएपछि प्रहरी र प्रदर्शनकारीहरु घाइते भएका छन् । स्थिति तनावग्रस्त छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया