सिनामंगलको नागरिक उड्डयन कार्यालय र कोटेश्वरको भाटभटेनीमा तोडफोड

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
49 Shares
काठमाडौं

राजतन्त्र पुनर्स्थापनाको माग लिएर प्रदर्शनमा उत्रिएहरु सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरेका छन्।

त्यस्तै प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका छन् ।

उग्र बनेको राजावादीको प्रदर्शन उग्र रूप लिएपछि अहिले ठाउँ ठाउँमा आगजनी र तोडफोडमा उत्रिएका हुन्

तीनकुनेमा प्रहरी र राजावादीहरूको झडप भएको थियो। स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गरेपछि आन्दोलनकारी अहिले थप उग्र बन्दै गइरहेका छन्।

यत्रतत्र आगजनी र तोडफोड गर्दै राजावादी कार्यकर्ता हिँडेपछि सिनामंगलसहित तीन ठाउँमा कर्फ्यु आदेश जारी भएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया