१३ औँ भीमबहादुर तामाङ स्मृति कपको उपाधि चितवनले हात पारेको छ ।
दोलखाको बैतेश्वर ३ मिर्गे बजार प्राङ्गणमा शनिवार भएको फाइनल खेलमा नुवाकोटलाई सोझो सेटमा हराउँदै चितवनले उपाधि चुमेको हो ।
विजयी टिम चितवनले नगद ४ लाखसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपविजेता नुवाकोटले नगद २ लाख शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरे ।
तेस्रो हुँदै रामेछापले एक लाख र आयोजक टिम दोलखा सान्त्वना हुँदै नगद ५० हजार पुरस्कारमा राशिमा चित्त बुझाए ।
नेपाली काङ्ग्रेस दोलखा क्षेत्र नम्बर १ प्रदेश क को आयोजनामा आयोजित प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट नौ टिमले भाग लिएका थिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1