मुख्यमन्त्री आचार्यद्वारा गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथ रथ यात्रा सुरु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
नवलपरासी

बर्दघाट सुस्ता पश्चिम लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि सुरु भएको ऐतिहासिक रथ यात्रा शुभारम्भ गरेको छ ।

कालीगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार गर्ने र धार्मिक आस्थालाई एक अर्कासँग जोड्ने उद्देश्यले आयोजना गरिएको यस यात्रामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहनेछ ।

कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्पअनुसार सुरू गरिएको रथ यात्रा त्रिवेणी, देवघाट, पोखरा, बागलुङ हुँदै मुक्तिनाथ पुग्नेछ । रथ यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकीय गन्तव्यलाई एकआपसमा जोड्न आवश्यक रहेको बताउँदै लुम्बिनी प्रदेशमा पर्यटन सर्किट निर्माण थालिएको जानकारी दिए ।

साथै, छिमेकी प्रदेश र अन्य क्षेत्रका धार्मिकस्थललाई परस्पर सम्बन्धित गर्दै पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ । गण्डकीका शालिग्राम र मुक्तिनाथको व्यापक प्रचारप्रसार गर्ने लक्ष्य राखिएको यस रथ यात्राले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

पर्यटकीय दृष्टिकोणले अत्यन्तै सुन्दर र पवित्र भूमि त्रिवेणी धामबाट सुरू भएको यो यात्रा श्रद्धालुका लागि महत्त्वपूर्ण रहनेछ । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका वनमन्त्री देवकरण कलवार, प्रदेशसभा सदस्य निमा गिरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोख्रेललगायत जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको विशेष उपस्थिति रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका