सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनीलाई उक्त पदमा नियुक्त गरेको हो ।
राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उनीलाई नियुक्तिपत्र हस्तान्तरण गरेको हो । नवनियुक्त सिइओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1