नेपाली जनप्रगतिशील मंच स्पेनले नमस्ते बार्सिलोना-२०२५ को आयोजना गर्ने भएको छ । मंचले बार्सिलोना नगरपालिकाको साँस्कृतिक बिभाग प्ला कमुनीतारीयासँग सहकार्य गर्दै कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रम नेपाली नयाँ वर्षको अवसर पारेर गर्न लागिएको नेपाली जनप्रगतिशील मञ्च युरोपका उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख गंगा भुसालले बताए । उनका अनुसार कार्यक्रममा नेपाली साँस्कृतिक प्रस्तुतिहरूसहित नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान गर्नेछन् ।
त्यस्तै कार्यक्रम आउँदो अप्रिल ६ तारिख आइतबार १५:३० बजेदेखि २०:३० बजेसम्म बार्सिलोनाको चर्चको अगाडी हुने आयोजकले जनाए ।
कार्यक्रममा नेपाल सम्बन्धी सूचना आदानप्रदान, अन्तरदेशीय परिचय आदानप्रदान, नेपाल पर्यटन प्रवर्द्धन सम्बन्धी सामग्रीहरुको वितरण, नेपाली पन्चै बाजाको साथमा नेपाली कला, संस्कृति तथा भेषभूषा, नेपाली खानाको स्टलका साथै साँस्कृतिक प्रस्तुतिहरु रहने मंचका अध्यक्ष बिशाल ढुंगानाले बताए । अध्यक्ष ढुंगानाका अनुसार यस कार्यक्रमले नेपाललाई बिश्व सामु चिनाउन सहयोग पुग्नेछन् । स्पेनभर रहेका नेपालीहरुलाई कार्यक्रममा उपस्थित भएर शोभा बढाउन आग्रह गरेका छन् ।
कार्यक्रम मंचको मात्र नभई स्पेनभर रहेका नेपालीहरुको भएका कारण सबैलाई उपस्थित भएर शोभा बढाईदिन प्रगतिशील मंच स्पेनका उपाध्यक्ष केशब राज कँडेलले अपिल गरे । गतवर्ष जस्तै कार्यक्रमा बृहत हुनेमा आफुहरु रहेको उपाध्यक्ष कँडेलको भनाइ छ ।