सुनचाँदीको मूल्य घट्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौँ

मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा छ सय रुपैयाँ घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।

मङ्गलबार प्रतितोला रु एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा छ सय रुपैयाँले घटेर एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया