एनआरएनए कोरियाको एकता महाधिवेशन आइतबार हुने

दक्षिण कोरिया

गैर  आवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाको एकता महाधिवेशन अप्रिल ६ आइतबार हुने भएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष विपिन गुरुङले जानकारी दिए ।

महाधिवेशनको लागि नेपालबाट नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरी प्रमुख अतिथिका लागि उपस्थित हुने महाधिवेशन आयोजकले बताएको छ । त्यसको लागि नेपाल सरकारको मन्त्री परिषद्को बैठकले राज्यमन्त्री चौधरीको बिदा केही दिन अघि स्वीकृत गरेको थियो । त्यसै गरी एनआरएनए आइसीसीका पूर्व अध्यक्ष तथा एकता महाधिवेशन उच्चस्तरीय समितिका संयोजक डा. शेष घले विशेष अतिथिका रूपमा उपस्थित हुने आयोजकले जनाएको छ ।

केन्द्रमा एकता महाधिवेशन गर्न अझै विवाद, किचलो भइरहेको बेला कोरियामा भने महाधिवेशन हुने निश्चित भएको अध्यक्ष विपिन गुरुङले बताए । त्यस्तै कोरियाका विभिन्न सरकारी निकाय, नेपाली राजदूतावास, विभिन्न राजनीतिक तथा सामाजिक सङ्घ–संस्था, व्यक्ति लगायत सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई औपचारिक निमन्त्रणा गरेको अध्यक्ष गुरुङले बताए ।

२०८० चैत २१ मा सर्वोच्च अदालतले सङ्घको सबै विवाद समाधान गरेर एकताको महाधिवेशन गर्न पूर्व अध्यक्ष शेष घलेलाई संयोजक तोकेको थियो । घलेले सोहीअनुसार एकताको महाधिवेशन प्रक्रिया अघि बढाउँदै गर्दा सङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी पक्षले घलेले गराउने महाधिवेशनलाई ‘असहयोग’ गर्दै आफ्नो गतिविधि गर्दै आएको छ ।

कोरियाको एकता महाधिवेशनको लागि डा. शेष घले पक्षका एनआरएनएले निःशुल्क रूपमा सदस्यता फाराम खुल्ला गरी धमाधम अनलाइनमार्फत सदस्यता फाराम सङ्कलन गरिरहेका छन् । त्यस्तै यता बद्री केसी समूहको एनआरएनले गत फेब्रुअरीदेखि सशुल्क रूपमा नयाँ सदस्य र नवीकरण सदस्यता फाराम खुल्ला भएको घोषण गरेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका