एनआरएन क्रोएसियाद्वारा नेपाली दूतावासको माग(ज्ञापनपत्र)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
525 Shares
काठमाडौं

एनआरएन क्रोएसियाले दूतावास स्थापनाको लागि ज्ञापनपत्र बुझाएको छ । एनआरएन क्रोएसियाका अध्यक्ष साइनमान लामाले प्रधानमन्त्रीलाई दूतावासको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

एनआरएन क्रोएसियाका अध्यक्ष लामा नेपाल रहेका बेला ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

ज्ञापनपत्रमा लेखिएको छ ` उपर्युक्त सम्बन्धमा पछिल्लो समयमा नेपालीहरुको बैदेशिक रोजगारीका लागि आकर्शक युरोपेली राष्ट्रहरुमा क्रोएसिया पहिलो रोजाइमा रहेको कुरा यहाँलाई अवगत नै छ। अहिले नेपालीहरु क्रोएसिया आउने लहर दिनानुदिन बढिरहेको छ । हालको तथ्याङ्क अनुसार क्रोएसियामा करीब ४० हजार नेपालीहरु रहेको देखिन्छ ।´

` सरकारी तथा अत्याबश्यक काम कारबाही गर्दा नेपाल सरकारको नेपाली राजदुताबास तथा अन्य कुनै कुटनैतिक नियोग नहुँदा नेपालीहरुले राहदानी नवीकरण देखि अन्य अत्यावश्यक तथा बिबिध कामका लागि अष्ट्रीयाको भियानामा रहेको दुताबाससम्म पुग्नु पर्ने र त्यहा पुग्नको लागि आवश्यक पर्ने लिगल डकुमेन्ट नहुँदा भोग्नु परेको कठिनाई र आपत बिपद लाई समेत् मध्येनजर गरी यदि कुटनैतिक नियोग भएको खन्डमा ती यावत समस्याहरु हल हुनुका साथै नेपालीहरुको अभिभावकत्व ग्रहण गर्ने मात्र नभई दुई देश बीचको मित्रताको सम्बन्ध बलियो र प्रगाढ हुने र नेपालमा युरोपेली युनियन मार्फत् धेरै मात्रामा बिदेशी पर्यटकहरु भित्र्याइ देशको अर्थतन्त्रमासमेत् ठुलो योगदान पुग्ने सम्भावना रहेको हुँदा क्रोएसियामा दुताबास स्थापना गर्नुपर्ने अनिवार्य ठान्दछौ ।´ एनआरएनए क्रोएसियाको ज्ञापनपत्रमा उल्छ ।

ज्ञापनपत्रमा ` समाजसेवाको भावनालाई अंगिकार गरी शिक्षा, स्वास्थ्य, पर्यटन, मौलिक कला सस्कृतिको जगेर्ना बिना देशको बिकास र पहिचान अपुरो र अधुरो रहन्छ । तसर्थ, यिनै कुराहरु प्राथमिकतामा राखी परिवर्तनकारी सोच संकल्प लिएर क्रोएसियामा स्थापना भएका सम्पूर्णतपशिल अनुसारका नेपाली सामाजिक संघ-संस्थाहरुको एक्यबद्धता सहित् यसै ज्ञापन पत्र मार्फत् नेपाल सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छौ ।´ उल्लेख छ ।

एनआरएन क्रोएसियाले यसअघि पनि दूतावास माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । हाल अष्ट्रीयाको भियनामा रहेको नेपाली दूतावासले क्रोएसियामा रहेका नेपालीहरुलाई हेरिरहेका छन् ।

ज्ञापनपत्र :

थप यो पनि 

एनआरएनए क्रोएसियाले दूतावासको माग गर्दै बुझाए ज्ञापन पत्र

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0

तपाईको प्रतिक्रिया