मलेसियामा नेपाली संस्कृति र साहित्यको उत्कृष्ट प्रस्तुति

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
मलेसिया

मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार “मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ” कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख आतिथ्य रहेको थियो। उनले मिलापले विदेशमा रहेर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रचारप्रसारमा गरेका प्रयासहरूको सराहना गर्दै यस्ता आयोजनाले नेपाली संस्कार र संस्कृतिको संरक्षण तथा विकासमा महत्त्वपूर्ण योगदान दिने बताए।

जनसवाल राष्ट्रिय दैनिक र जनसवाल टेलिभिजनका अध्यक्ष रामजी बगालको संयोजकत्वमा यो कार्यक्रम मिलाप मासिक र मिलाप न्यूजको आयोजनामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले गरेकी थिइन्। मिलापका अध्यक्ष एवं सम्पादक कृष्ण भुसालको सहजीकरणमा सम्पन्न यस कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए।

कार्यक्रममा विशेष अतिथिको रूपमा एनआरएनए आईसिसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने, पर्यटनदूत मलेसिया नेत्र केसी, एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल लगायत अन्य गणमान्य व्यक्तिहरूले आफ्नो उपस्थिति जनाएका थिए।

कार्यक्रमको मुख्य आकर्षण विभिन्न विशिष्ट व्यक्तिहरूलाई सम्मानित गर्ने तथा नेपाली संगीत एवं सांस्कृतिक प्रस्तुतिहरू थिए। गायक मञ्जु लावती, कृष्ण रसाल, केशव कोइराला, उर्मिला खत्री ९रिया०, रामबाबु पटेल, रमेश पाठक, शिला गजुरेल, विराट बास्कोटा, राजु शेर्मा, मुकेस गुरुङ, जोसिफा गुरुङ, ईसान श्रेष्ठ आदि कलाकारहरूले आफ्नो मनमोहक प्रस्तुति दिएर कार्यक्रमलाई चार चाँद लगाए।

यसरी मलेसियामा बसोबास गर्ने नेपाली समुदायले आफ्नो सांस्कृतिक परम्परा र साहित्यिक गतिविधिहरू संगै राख्ने यो कार्यक्रमले नेपाली संस्कृतिको प्रतिनिधित्व गर्दै एकताको सन्देश प्रसारण गरेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया