सुनचाँदीको मूल्य घट्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
काठमाडौँ

सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज तोलामा तीन हजार नौ सय रुपैयाँले घटेको हो ।

आज प्रतितोला एक लाख ७६ हजार चार सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला एक हजार आठ सय ७० रुपैयाँमा किनबेच हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार एक सय पाँच अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया