लोकस्टार बने रोल्पाका सनि विश्वकर्मा

को हुन् सनि ?

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

‘आइएमई नेपाल लोकस्टार’ टेलिभिजन रियालिटी सोको उपाधि रोल्पाका सनि विश्वकर्माले जितेको छ ।

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भएको हो ।  शुक्रबार काठमाडौंमा सन्पन्न ग्राण्ड फिनालेमा उत्कृष्ट चार जनाबाट उनले बिजेता हासिल गरेका हुन् । उनले ५० लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्युरेन्सको २५ लाखको जीवन बिमा र ट्रफी पाएका छन् ।

फष्ट रनरअपले चेतन गोदामे भएका छन् । उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्युरेन्सको १५ लाखको जीवन बिमा र ट्रफी पाए ।
सेकेण्ड रनरअप बिनोद दनुवार भएका छन् । उनले १० लाख नगद र सिटिजन लाइफ इन्स्युरेन्सको १० लाखको जीवन बिमा र ट्रफी पाएका छन् ।

यसैगरी रामकुमार नेपालीले सन्त्वाना पुरस्कार प्राप्त गरेको छ ।

नेपाली लोकसंगीतको विकासमा सहयोग गर्ने उद्देश्यले रियालिटी सो आयोजना गरेको हो ।

को हुन् सनि ?

रोल्पाली ठिटो शनी विश्वकर्माले लोकस्टारमा ‘सुमधुर स्वरका धनी’ टाइटल नै प्राप्त गरेका छन्। उनी माउन्ट इङलिस बोर्डिङ स्कुल दाङमा प्लस टु अध्ययन गर्दैछन्। गीत गाउनु उनको बच्चैदेखिको सपना हो। उनको ठूलोबुवा पनि गीत गाउँछन्। उनकै संगतले गर्दा पनि शनीमा गीतको धुन गढ्यो।

गाउँमा गोठाला जाँदा होस् या मेला पात गर्दा होस् गाउँ शनीकै आवाजले थर्किन्थ्यो। संगीतमै लाग्छु भन्ने थियो उनलाई, अग्रजले पनि यही सुझाउँथे। यसका लागि कक्षा ८ पढ्न रोल्पा सदरमुकाम गए। त्यहाँ दुई वर्ष पढे। एस एलसी सकाएर अलि ठूलो ठाउँ दाङ झरे र प्लस टु पढे। दाङमा महोत्सव लागेको थियो। राष्ट्रिय स्तरका कलाकारसँग गीत गाउने मौका पाए।

यसपछि उनको स्वरको चर्चा हुन थाल्यो। सांगीतिक कार्यक्रममा निम्तिन थाले। उनी खुब गीत सुन्थे, तर गायक, संगीतकार कोही चिन्दैनथे। बुटवल अडिसनमा उनले तिरिरी मुरली बज्यो बोलको गीत गाएर जजको मन जिते। १८ वर्षे शनी गोल्डेन माइक विजेता हुन्। यसले उनलाई थप जिम्मेवार बनायो। गोल्डेन माइकको इज्जत राख्न पनि उनले संगीत सिक्नै पर्ने भयो। उनी काठमाडाैं आएर गुरु नरहरि प्रेमीसँग एक महिने संगीत कक्षा लिए।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका