रसुवागढी भन्सार कार्यालयले असोज महिनामा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ ।
वर्षाको कारण सडक अवरुद्ध भएको र सामाग्री आयात गर्ने समयमा कन्टेनरको अभाव र चीनमा भएको सार्वजनिक विदाका कारण कार्यालयले लक्ष्य भेटाउन नसकेको हो । कार्यालयले गएको असोज महिनामा १ अर्व ४ कारोड ३६ लाख ७४ हजार रुपैयाँ राजश्व सङकलन गर्ने लक्ष्य राखेकोमा जसमा १ अर्व ३८ करोड ८० लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । यो लक्ष्यको ९८.८९ प्रतिशत हो ।
असोज महिनामा लक्ष्य भन्दा केही कम राजश्व उठेको भएपनि कार्यालयले वार्षिक लक्ष्यको ४२ प्रतिशत राजश्व उठाइसकेको छ । कार्यालयले साउनमा १ अर्व ३ करोड पाँच लाख ४८ हजार रुपैया र भदौ १ अर्व ५१ कारोड २६ लाख ९० हजार रुपैयाँ उठाएको छ ।
दशैमा लक्ष्य भन्दा केही कम राजश्व सङकलन भएपनि तीन महिनाका लागी राखिएको लक्ष्यभन्दा बढी भएकोले समस्या नरहेको प्रमुख भन्सार अधिकृत पुण्य खड्काले बताए ।
असोज महिनामा रसुवागढी नाकाबाट भदौमा दशैका सामाग्री हरुमा रेडिमेट लगाएत टेलिकमका सामाग्री र प्रोजेक्टरको सामाग्री बढी आएका छन् । यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैया राजस्व उठाउने लक्ष्य राखेकोछ । गत आर्थिक वर्षमा नौ अर्व ५० करोड ६२ लाख ६२ हजार रुपैया राजस्व सङकलन गर्ने वार्षिक लक्ष्य राखिएको मा १ अर्व ६० करोड २४ लाख १९ हजार रुपैया राजस्व सङकलन भएको थियो ।
आर्थिक वर्ष २०७२/०७३ मा २ अर्व ४ करोड ४६ लाख ८७ हजार ७ सय ४४, आ.व. ७३/७४ मा २ अर्व ९२ कारोड १८ लाख २ हजार र आ.व. ७४/७५ मा ४ अर्व ५९ करोड २३ लाख १९ हजार राजश्व उठेको भन्सार कार्यालयको तथ्याङकमा छ ।