एनआरएनए कोरियाको एकता महाधिवेशनबाट विपिन गुरुङ निर्वाचित

दक्षिण कोरिया

गैर  आवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाको एकता महाधिवेशनबाट अध्यक्षमा विपिन गुरुङ निर्वाचित भएको छ ।

अप्रिल ६ आइतबार सोल दोङ्देमुनमा भएको महाधिवेशनले अध्यक्षमा गुरुङ र महासचिवमा अजय सोडारीको नयाँ कार्यसमिति निर्वाचित भएको हो । महाधिवेशनको बन्द शत्रबाट आइसिसी सदस्यमा महेश बजगाईँ सर्वसम्मत चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा जितबहादुर कँवर, उपाध्यक्षहरूमा अवदेशकुमार चौरासियौँ, प्रशान्त राज बानियाँ, श्याम राज तिमल्सिना निर्वाचित भएका छन् । त्यस्तै सचिवहरूमा नरेश शर्मा, टार्जन राई र कोषाध्यक्षमा यज्ञमान नायक, सह कोषाध्यक्षमा सुश्मा तामाङ रहेका छन् ।

युवा संयोजक (पुरुष)मा अनन्त आचार्य, युवा संयोजक (महिला) रुक्मा बम र सदस्यहरूमा यमबहादुर खत्री, दीपेन्द्र रोकाया, प्रदीप तिमल्सिना, अजयकान्त कुशवाहा, सङ्घर्ष लम्साल, खगेन्द्र जोशी निर्वाचित भएका छन् ।

महाधिवेशनको लागि नेपालबाट नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरी प्रमुख अतिथिका लागि उपस्थित भएको थियो । त्यसै गरी एनआरएनए आइसिसीका पूर्व अध्यक्ष तथा एकता महाधिवेशन उच्चस्तरीय समितिका संयोजक डा. शेष घले विशेष अतिथिमा उपस्थित भएको थियो ।

केन्द्रमा एकता महाधिवेशन गर्न अझै विवाद, किचलो भइरहेको बेला कोरियामा भने महाधिवेशन सम्पन्न भएको छ । त्यस्तै कोरियाका विभिन्न सरकारी निकाय, विभिन्न राजनीतिक तथा सामाजिक सङ्घ–संस्था, व्यक्तिहरू लगायत उपस्थिति रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया