सरकारको पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णयले बौद्वनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्त गरेको छ ।
मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्दै बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्ति गरेका हुन् ।
शान्ति बल तामाङले राजीनामा दिएपछि कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो ।
त्यस्तै परिषद्ले उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत कार्यर सहसचिव राजेन्द्रप्रसाद शर्माको राजीनामा स्वीकृत गरिएको छ ।
त्यस्तै, वरिष्ठ पत्रकार एवं लेखक भैरव रिसालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली मन्त्रिपरिषद्ले व्यक्त गरेको छ ।
त्यस्तै नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गरिएको छ । क्याविनेटले साथै वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ ।