नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा पाँच हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ८३५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०० रुपैयाँ पुगेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1