आकाश भैरवको बाह्र वर्षे जात्रा : एक महिनासम्म देवी-देवताको नाच र पूजाको आयोजना

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
133 Shares
काठमाडौं

हल्चोक आकाश भैरवको बाह्र वर्ष जात्राको बारेमा २०८१ चैत २७ गते पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यहिं आउँदो वैशाख १ गते देखि एक महिनासम्म सञ्चालन हुने हल्चोक आकाश भैरव जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल विशेष अथितिको रुपय् उपस्थित हुने भएको छ ।

एक महिनासम्म सञ्चालन हुने जात्रामा १० देवी देउताको विशेष पूजा हुनेछ । यँयाः पुन्हिको समयाय् तीन जना देउता चण्डी, कुमारी र आकाश भैरव नाच देखाइने गरेको छ भने बाह्र वर्षको जात्रामा चण्डी, कुमारी, आकाश भैरव, गंगा, महाद्यः, पार्वती, आकाशदेवी, बाराही, महाकाली र दक्षिणकाली देवीको नाच देखाइने छ ।

हल्चोक आकाश भैरवको बाह्र वर्षया जात्राका क्रममा हुनमानढोका अवस्थित कालभैरव अगाडी पञ्चबली सहित पूजा दिने चलन छ । त्यस्तै काठमाडौंको सतलमा पनि अनिवार्य रुपमा देवगणको नाच देखाइनु पर्छ । यस वर्ष बा¥ह वर्ष जात्राको क्रममा विभिन्न स्थानमा पूजाका लागि अनुरोध आइसकेको जानकारी प्रचार प्रसार संयोजक नृपेन्द्रलाल श्रेष्ठ दिएको छ ।

श्री हल्चोक आकाश भैरव समाजका अध्यक्ष शेरबहादु पुतुवारको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको उत्तर अध्यक्ष पुतवारका साथै संरक्षक सागर पुतुवारले दिनुभएको थियो । पत्रकार सम्मेलनया काठमाडौं महानगरपालिका– १८ वडाया अध्यक्ष न्हुच्छेकाजी डंगोलले पनि आफ्नो धारणा राखिएको थियो ।

आकाश भैरवको जात्राको क्रममा वैशाख १ गते नागार्जुनको छहारीमा र आकाशदेवीकोमा गएर पूजा गर्नुपर्ने चलन रहेको छ । उक्त पूजा गर्ने क्रममा बाजा, झ्याली व चिराख मध्ये एकमा देउता चढ्ने जनविश्वास रहेको छ । वैशाख २ गते काठमाडौं १८ ताम्सिपाखामा ल्याएर देवगण नाच देखाउने गरिन्छ । त्यसपछि विभिन्न स्थानय् पूजा हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया