नेपाली समाज क्रोएसिया दूब्रोनिकले नयाँ बर्ष मनाउने, प्रमुख अतिथि साइमन लामा

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
1176 Shares
दूब्रोनिक, क्रोएसिया

नेपाली समाज क्रोएसिया दूब्रोनिकले नेपाली नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । समाजले यहि आइतबार अप्रिल १३ तारीख एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गर्न लागिएको हो ।

कार्यक्रममा बिशेष प्रस्तुति दिन जर्मनबाट गायक तुल्सी सिवाकोटी आउने आयोजकले जानकारी दिए । गायक सिवाकोटीसँगै कार्यक्रममा गायक बिकास मेचे, गायिका सुनिता विश्वकर्मा र गायक केशब खत्री लगायतले प्रस्तुति दिने आयोजकको भनाई छ ।

दिउँसो ३ बजेबाट शुरु हुने कार्यक्रममा बुद्ध व्यान्डको समेत प्रस्तुति रहनेछन् । त्यस्तै कार्यक्रममा बेलुकाको खानाको समेत व्यवस्थापन गरेको आयोजकले बताए ।

एनआरएन क्रोएसियाका अध्यक्ष साइमान लामा प्रमुख अतिथि रहने कार्यक्रम दूब्रोनिकको (CRKVA-SV. HILAR) मा हुने भएको हो । कार्यक्रममा प्रवेश शुल्क (टिकट) १५ युरो लाग्ने आयोजकको भनाई छ ।

क्रोएसियाका दूब्रोनिक पर्यटकीय स्थल हुन् । सिजनमा बिदेशी कामदारहरुले भरिभराउ हुने दूब्रोनिक अन्य बेला चहलपहल कमै हुने गर्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया