सुनचाँदीको मूल्य बढ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
काठमाडौँ

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा तीन हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ८५ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले बढेर एक हजार ९०५ रुपैयाँपुगेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका