भगवती युवा क्लबले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरी मनाएको छ।
गोकर्णेश्वर नगरपालिका र वडा नं. ९ को आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा कराते, भेट्रान ब्याडमिन्टन, व्हिलचेयर रेस, नगरस्तरीय ब्याडमिन्टन, टेबुल टेनिस, महिला ब्याडमिन्टन, डोरी तान्ने खेल, र आन्तरिक ब्याडमिन्टन (क) र (ख) समूहका साथै एकल महिला सम्मान जस्ता प्रतियोगिताहरू सम्पन्न भएका थिए।
ब्याडमिन्टन प्रतियोगिताका विजेताहरू
आन्तरिक (क) समूह: सुजन श्रेष्ठ र रामहरि श्रेष्ठ (प्रथम), निरजन लामा र सुशील तामाङ (दोस्रो), भैरव लामा, लक्ष्मण राई, छिरिङ लामा र लोप्साङ शेर्पा (तेस्रो)।
आन्तरिक (ख) समूह: दिलीपकुमार लामा र सञ्जित लामा (प्रथम), रेन्जी शेर्पा र रामबहादुर रसाइली (दोस्रो), श्यामलाल लामा र अनिल देवकोटा, सहदेव गौतम र हरिबहादुर भण्डारी (तेस्रो)।
प्रतियोगितामा प्रथम स्थान पाउनेलाई नगद १0 हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र, दोस्रोलाई ६ हजार रुपैयाँ र तेस्रोलाई ४ हजार रुपैयाँ सहित उपहार दिइएको थियो।
भेट्रान (४५+) ब्याडमिन्टन
संजाल कपाली र अनिल मान्सुहाङ (प्रथम), निरज लामा र मानबहादुर बुढाथोकी (दोस्रो), हरि खत्री र राजकुमार पोख्रेल (तेस्रो) ले उक्त प्रतियोगितामा विजयी हात पारे। यसमा प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार दिइएको थियो।
महिला ब्याडमिन्टन
खुल्ला महिला ब्याडमिन्टनमा निसा राई र निसन सुब्बा (प्रथम), निसा राती शाक्य र आस्ता श्रेष्ठ (दोस्रो), कला राई, टाशी शेर्पा, मोनिका राई र नेल्सन राई (तेस्रो) रहे। प्रथमलाई १२ हजार रुपैयाँ, दोस्रोलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो।
विशेष सम्मान
– सर्वाधिक उपस्थिति: रामहरि श्रेष्ठ
– उदयमान खेलाडी: कला राई र टाशी शेर्पा
– अनुशासित खेलाडी: कार्गेल लामा
– उत्कृष्ट खेलाडी: सुमन श्रेष्ठ र रेन्जी शेर्पा
प्रतियोगिताको निर्णायक टिममा अन्तर्राष्ट्रिय एम्पायर राजन श्रेष्ठ, निरज लामा, श्रीकृष्ण कार्की, मोहन श्रेष्ठ लगायत रहे। मेडिकल टिममा डा. केदार दवाडी र उनको टोलीले सेवा प्रदान गरे।
उद्घाटन र समापन
उद्घाटन समारोहमा अर्थ समिति सभापति सन्तोष चालिसे रहे भने समापनमा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाल, उपप्रमुख सन्नानी लामा, वडा नं. ९ अध्यक्ष राजिब थापा, वडा सदस्य कृष्ण कार्की, राजेश श्रेष्ठ लगायत उपस्थित थिए।
नगरप्रमुख दीपककुमार रिसालले एकल महिलाहरूलाई १ लाख ६० हजारसम्म निःशुल्क उपचार, मुटु रोगीहरूलाई २ लाखसम्म निःशुल्क सेवा र तिनका छोराछोरीलाई निःशुल्क शिक्षा उपलब्ध गराइने बताए ।
यसैगरी उपप्रमुख सन्नानी लामाले नगरपालिकाले अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने खेलाडीहरूलाई सहयोग गर्दै आएको बताइन् ।
यस्तै वडा अध्यक्ष राजिब थापा खेल जगतमा युवा र बालबालिकालाई प्रोत्साहन दिने र यसलाई व्यवहारमा ल्याउने आवश्यकता छ।
कार्यक्रममा एकल महिलाहरूलाई निःशुल्क रक्तचाप मापन गरिएको थियो भने दोसल्ला ओढाएर सम्मान गरिएको थियो।